बाहुण्डाँगी । झापा मेचीनगर २ बाहुण्डाँगीका विशाल राई ‘ए’ लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्।
झापा गोल्डकपको फाइनल प्रतियोगिताका दिन सोमवार विर्तामोडमा उनलाई अवार्ड प्रदान गरिएको हो । उनी झापा ११ फुटबल क्लबका फरवाड हुन् ।
झापा गोल्डकप आयोजक समितिले सोमबार पाँचौं झापा गोल्डकप फुटबलको फाइनल अघि सोमबार विशाललाई अवार्डबाट सम्मानित गरिएको हो ।

अवार्डबाट सम्मानित हुनुअघि विशाललाई फाइनल खेल्ने दुवै टोलीका खेलाडीले गार्ड अफ अर्नर दिएका थिए ।
झापा(११ टोलीमा अहिले पनि रहेका विशाललाई यामाहा कम्पनीको मोटरसाइकल प्रदान गरिएको थियो । उनलाई झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत, वरिष्ठ उपाध्यक्ष बलराम कार्कीले मोटरसाइकलको चाबी प्रदान गरेका थिए । भानु मावि, नव ज्योति निमावि र दिप ज्योतिको मैदानबाट फुटबल करियर सुरु गरेका राईले दर्जनौ क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए ।
यो अवार्ड यसअघि आयोजकले झापा(११ का पूर्वकप्तान प्रवेश कटुवाल र मिडफिल्डर नगेन्द्रमणि लिम्बूलाई पनि लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिसकेको छ ।

