
सुनसरी, जेष्ठ १२ । धरानमा दिउँसै गोली हानेर एक जना कर्मचारी लुटिएका छन् । जीवन विकास संस्था नामको बित्तिय संस्थाका कर्मचारीलाई गोली हानी सक्त घाईते बनाई लुटेराले तीन लाख नगद लुटेका छन् ।
गोली लागेर कर्मचारी शम्भुप्रसाद गच्छदार घाईते भएको प्रहरीले जनाएको छ । रातो स्कुटरमा आएको तीन जनाको समुहले गोली हानेर पैसा लुटेर फरार भएको छन् । जिल्ला प्रहरी कार्यलय सुनसरीका एसपी राजन अधिकारीका अनुसार घाईतेको धरान स्थित विपि कोईरालाल विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।

