संघ \संस्था

झापाका तीन सहित ३६ डीएसपीको सरुवा, काकरभिट्टामा महतो, बिर्तामोडमा कुंवर र दमकमा गिरी आउदैं

झापा । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि नियमित सरुवा गर्न नसकेको प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । कार्यालयले सोमबार झापाका तीनसहित ३६ डीएसपीहरुको सरुवा गरेको हो ।

झापाको बिर्तामोड, काँकरभिट्टा र दमक इलाका प्रहरी कार्यालयका प्रमुखहरुको सरुवा भएको हो । झापाको महत्वपूर्ण मानिएको इलाका प्रहरी कार्यालय अनामनी (बिर्तामोड)का डीएसपी सन्तोष आचार्यको जिल्ला प्रहरी कार्यालय उदयपुरमा सरुवा भएको छ भने केन्द्रीय अनुसन्धान व्युरो मानव श्रोत व्यवस्थापन शाखाबाट रुगमबहादुर कुँवर बिर्तामोड आउँदैछन् ।

त्यस्तै, इलाका प्रहरी कार्यालय दमकका डीएसपी नवराज कार्कीको प्रहरी प्रधान कार्यालय अपराध अन्वेषण विद्यालय तथा विकास शाखा काठमाण्डौ सरुवा भएको छ भने उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीबाट दिलिपकुमार गिरी आउँदैछन् ।

यता झापाको प्रमुख नाकाको रुपमा रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी सुनिल दाहाललाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर सरुवा गरिएको छ । उनको ठाउँमा २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरबाट ज्ञानकुमार महतो आउन लागेका छन् ।