विविध

माइजोगमाईमा समातिएको चरीबाघ वन कार्यालयलाई बुझाइयो

नरेन इलामेली
इलाम ।
इलामको माइजोगमाई १ नयाँबजार (प्रेमेजुङ्ग) मा स्थानियले समातेको चरिबाघ सव डिभिजनवन कार्यालय नयाँबजारलाई जिम्मा लगाइएको छ । सोमबार साँझ समातिएको उक्त चरीबाघ सोमबार राती नै सव डिभिजन वन कार्यालय नयाँबजारका कर्मचारीलाई जिम्मा लगाइएको हो ।

सोमबार साँझ करिब साढे आठ बजेको समयमा स्थानिय बेद प्रसाद पौडेलको बाख्राको खोरमा देखिएको उक्त चरी बाघ सोही स्थान बस्ने बर्ष २८ का कृष्ण बहादुर थापाले पक्रिएका हुन् । “

छिमेकीको घरमा हल्लाखल्ला भयो। हामी पुग्दा एकदम आतिनु भएको थियो । हामी सबै मिलेर खेद्न लाग्यौँ, तीन चारवटाको समुह नै रहेछ, यो बाख्राको खोरमा थियो निकालेर खेदाउने क्रममा यसलाई समाउन सफल भइयो” – थापाले भने । उक्त चरीबाघ सोमबार बेलुका करिब १२ बजेतिर सकुशल सब डिभिजन वन कार्यालय नयाँबजारका कर्मचारीको जिम्मा लगाइएको छ ।