संघ \संस्था

नैतिक शिक्षा पढाउँदै बुटवल लेडी जेसीज

बाहुण्डाँगी । जेसीज आफैंमा मानवितयता ,समाज सेवासँगै नैतिकताप्रति प्रतिबद्ध संस्थाको रुपमा परिचित छ । यहि मूल्य मान्यतामा बुटवल लेडी जेसीजले पनि मानवियता समाज सेवा र नैतिकताको पक्षमा आफूलाई उभ्याउँदै आएको छ ।

विद्यालयका बालबालिका तथा अभिभावकहरुलाई लक्षित गरि बुटवल लेडी जेसीजले विपन्न वर्गका बालबालिकाले अध्ययन गर्ने बुटवल उपमहानगरपालिका वडा न ३ को चिडया खोलामा रहेको चिडियाखोला बाल विकास केन्द्रमा अभिभावकहरुलाई ‘भविष्यका कर्णधारका लागि नैतिक शिक्षा र कुशल अभिभावक’ तालिम प्रदान गरेको छ ।

वर्तमान अवस्थामा विशेष गरेर कम शिक्षित र पिछाडिएका वर्गका लागी नैतिक शिक्षा अपरिहार्य रहेको बुटवल लेडी र यो वर्गका अभिभावकका सन्तानहरुको समृद्ध भविष्यका लागि नैतिक शिक्षासंगै कुशल अभिभावक तालिमको आवस्यकता महशुस गरि बुटवल लेडी जेसीज ले यो तालिम सन्चालन गरोको युवा समाजसेवी र व्यवसायी समेत रहेकी बुटवल लेडी जेसीजकी अध्यक्ष अनुपमा श्रेष्ठले बताइन् ।

‘समाजमा गुणस्तरीय र नैतिक शिक्षा प्रदान गर्न सक्यौं भने मात्र दिगो विकास सम्भव हुनेछ भन्ने मान्यता बुटवल लेडी जेसीजको छ ।’ उनले भनिन् ।

बुटवल लेडी जेसीजका अध्यक्ष अनुपमा श्रेष्ठको अध्यक्षतामा भएको एकदिने प्रशिक्षण कार्यक्रमलाई सत्यसाई सेवा संगठन लुम्बिनी अध्यक्ष र ईसिडीएफ प्रशिक्षक,पूर्व राष्ट्रिय शिक्षा संयोजक प्रकाश भट्टराईको प्रमुख प्रशिक्षण रहेको कार्यक्रम अयोजना गरिएको थियो ।

प्रशिक्षण कार्यक्रममा चिडिया खोला बाल विकास विद्ययालय व्यवस्थापन समितीका अध्यक्ष मैया भट्टराई,कोषाध्यक्ष गोपाल प्रधान,सदस्यहरु मन्जु प्रधान,पुनम लिगल ,शिक्षिका बिन्दु गौतम लगाएत बुटवल लेडी जेसीजका पूर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो। तालिम कार्यक्रममा विद्यालयका बाल बालिका , अभिभावक र स्थानीय समाजसेवीहरुको सहभागिता रहेको थियो ।

बुटवल लेडी जेसीजका सुष्मा घिमिरे संयोजक रहेको तालिम कार्यक्रमको सन्चालन महासचिव सचिव संगिता ढकालले गरेकी थिइन्।