बाहुण्डाँगी । नारायणगढ लेडी जेसीजले कालिका नगरपालिका १० देउजरका स्थानीयलाई सहयोग उपलब्ध गराएको छ । नारायणगढ लेडी जेसीजको संरक्षणमा रहेको जेसीज गाउँका कुल ५२ घरपरिवारलाई खाद्य सामग्री तथा जस्तापाता वितरण गरिएको नारायणगढ लेडी जेसीजकी अध्यक्ष जेसी अनिता श्रेष्ठ अधिकारीले बताउनु भयो ।

कार्यक्रममा नेपाल जेसीजका निवर्तमान अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालले नारायणगढ लेडी जेसीजले समुदायमा जेसीज अभियान अन्तर्गत दूरदराजमा रहेका सहयोगापेक्षीको पहिचान गरि सहयोग उपलब्ध गराएकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले नेपाल जेसीजको जेसीज भिलेजको अवधारणालाई सार्थक रुप दिन नारायणगढ लेडी जेसीजले एउटा इटा थपेको बताउँदै यसलाई प्रभावकारी रुपमा अघि बढाउन आफुले सक्दो साथ र सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा अतिथिका रूपमा नारायणगढ लेडी जेसीजकी पूर्व अध्यक्ष एवम् नेपाल जेसीजका पूर्व कानुनी सल्लाहकार सिनेटर मनशा थैव श्रेष्ठ, पूर्वअध्यक्ष निरु कार्की, कालिका जेसीजका अध्यक्ष मेनुका थापा अधिकारी, कालिका जेसीजका निवर्तमान अध्यक्ष सन्देश रेग्मीसहित नारायणगढ लेडी जेसीजका बोर्ड पदाधिकारी र सदस्यहरुको सहभागिता थियो ।

सहयोग वितरण कार्यक्रमको संयोजक अनु पन्त रहेकी थिइन् । देउजरको जेसीज गाउँमा खाद्य सामग्रीसँगै घरका छाना सजाउन जस्तापाता पनि उपलब्ध गराइएको कार्यक्रम संयोजक पन्तले बताउनु भयो । उक्त जस्तापाता नारायणगढ लेडी जेसीजकी प्रतिनिधि सुमी नेपालले सौजन्य गर्नु भएको हो । ।

शाखाकी अध्यक्ष अनु रुष्ठ अधिकारीको सभापतित्व तथा नेपाल जेसीजका पूर्व अध्यक्ष अरुणेश्वर खनालको प्रमुअ आतिथ्यतामा सम्पन्न सहयोग वितरण कार्यक्रमको सञ्चालन जेसीजकी महासचिव हेमा श्रेष्ठले गर्नु भएको थियो ।

