बाहुण्डाँगी । भद्रपुर जेसिजले वर्ष २०२२ लाई स्वर्णिम बर्ष बनाउने तयारी गरेको छ । बिहिवार भद्रपुरमा आयोजित एक समारोहमा शाखाका अध्यक्ष मनोज भट्टराईले शाखाको टिम नयाँ सोचका साथ अघि बढेको र सबैको सहकार्यमा शाखालाई सधै सम्झन लायक बनाउने तयारीमा रहेको बताएका हुन् । भद्रपुर जेसिजको निरुपित राष्ट्रिय उपाध्यक्ष शाखा भम्रण कार्यक्रम भट्टराईले कार्यपत्र प्रस्तुत गर्दै शाखाको इतिहासलाई कायम राख्दै भविष्यका लागि दिर्घकालिन कार्यक्रमका साथ अघि बढ्ने बताएका हुन् । कार्यक्रम शाखाका अध्यक्ष भट्टराईको अध्यक्षता तथा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष जेसि कुमार सिहं सावाको प्रमुख आतिथ्यतामा सम्म्पन्न गरिएको थियो । कार्यक्रम संयोजक भद्रपुर जेसिजका कार्यकारी उपाध्यक्ष टिकाराम पाण्डेले गर्नु भएको भने कार्यक्रमको उदेश्य माथि प्रकाश भद्रपुर जेसिजका अध्यक्ष मनोज भट्टराईले गर्नु भएको थियो। त्यसै गरि शुभकामना मन्तव्य भद्रपुर जेसिजका नि।बर्तामान अध्यक्ष खिलानाथ पाण्डे, पुर्व अध्यक्ष डिल्लीराम पोखरेलले राख्नु भएको थियो।कार्यक्रममा निरुपित राष्ट्रिय उपाध्यक्ष ज्युले आगामी २०२२का बर्षाक कार्यक्रम संचालन गर्ने , तालीम संचालन गर्ने, बजेर व्यवस्थापन तथा जेसिज गाँउलाई नेपाल जेसिज द्वारा आर्थिक सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको थियोे। कार्यक्रममा जेसिज आस्था बाचन भद्रपुर जेसिजका कार्यकारी उपाध्यक्ष जेसि युबराज न्यौपानेज्युले गर्नु भएको थियो त्यसैगरि मिसन भिजन उपाध्यक्ष जेसि प्रकाश भट्टराईले बाचन गर्नुभएको थियो। उक्त कार्यक्रम संचालन भद्रपुर जेसिजका महासचिव जेसि रमेश कार्कीले गर्नुभएको थियो।

