संघ \संस्था स्वास्थ्य

नविन युवा क्लबको रक्तदान कार्यक्रम सम्पन्न

झापा, जेठ २० । झापाको मेचीनगर १३ चारआली स्थित नविन युवा क्लबको आयोजनामा चारआली चौकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

This image has an empty alt attribute; its file name is IMG_6267-e1591106628478.jpg

नविन युवा क्लबको आयोजना तथा रेडक्रस झापाको प्रविधिक संयोजनमा सम्पन्न उक्त कार्यक्रममा ७३ जनाले रक्त दान गरेका थिए । विशेषगरी कोभिड १९ कोरोना भाईरसको कारण उत्पन्न समस्याहरु र लकडाउनको कारण जिल्लामा रगत अभाव नहोस् भन्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको क्लबका कोषध्यक्ष कौशल अधिकारीले बताए ।

विशेषगरी युवाहरुमा डिप्रेसन हुने र मानशिक समस्याको कारण आत्महत्या गर्ने समस्याको अनुसन्धान, मानशिक परामर्श तथा उपचार समेत गराएर झापा साथै नेपालमा नै यसबाट हुने मृत्यूदर कम गर्ने उद्धेश्यले स्थापना गरिएको क्लबले समाजमा जनचेतनामूलक साथै सहयोगी कार्यक्रमहरु गर्दै आएको क्बलका अध्यक्ष शुसान्त पोखरलले बताए ।

रक्तदान कार्यक्रममा इमर्जेन्सी रेस्पोन्स् सेन्टर बिर्तामोड तथा मेचीनगर नगरपालिका वडा नं. १३ को समेत सहभागिता रहेको बताइएको छ । क्लबका सदस्य राहुल वंशलले कोरोनाको जोखिम न्यूनिकरणको लागि चारआलीमा सचेतानामूलक कार्यक्रम समेत गरेको बताए ।

Leave a Reply

Your email address will not be published.