मेचीनगर । मेचीनगर–५ सुरेन्द्रनगर स्थित सीताराम मन्दिरमा प्राण प्रतिष्ठान तथा गरुड महापुराण सुरु भएको छ ।
सोमबारमेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले पुराण र नवनिर्मित भवनको उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि आचार्य, मेचीनगर–५ का वडाध्यक्ष योगेन थापा मगर, पुराणका मुख्य वाचक आचार्य सोमनाथ सुवेदीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा जनता समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी मानबहादुर महतो लगायतको सहभागीता रहेको थियो ।
सनातन धर्म सेवा समिति स्थानीय शाखाको सो मन्दिर समितिले यहि चैत २१ देखि २९ गतेसम्म प्राण प्रतिष्ठान तथा गरुड महापुराण आयोजना गरेको हो ।
पुराणमा मुख्य वाचक सुवेदी र उपवाचक लीला खनालले कथा बाचन गर्नेछन् । पुराणमा स्थानीय भजन मण्डलीको टोलीको सहभागीता रहेको छ ।
पुराणमा करिव १० लाख उठ्ने अनुमान गरिएको छ । पुराण सम्पन्न गर्न करिव ५ लाख खर्च लाग्ने आयोजकको भनाई छ ।
पुराणबाट संकलन भएको रकमले अक्षयकोष समेत खडा गर्ने, मन्दिर परिसरमा रहेको नवनिर्मित भवनको माथ्लो तला थप्ने, रंगरोगन गर्ने, परिसर वरिपरि कम्पाउण्ड वाल बनाउने लक्ष्य रहेको समितिको भनाई छ ।
पुराण आयोजक समितिका संयोजक भवानीप्रसाद गुरगाईको सभापतित्व, मन्दिर समितिका सचिव डम्बर बरालले स्वागत र कार्यक्रमको सञ्चालन समितिका अध्यक्ष अमर सुब्बाले गरेका थिए ।

