बडाखाल । बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि नेपाली कांग्रेस मेचीनगर ३ बाट सन्तोष दाहाललाई अध्यक्षमा उम्मेदवार बनाउन सर्वसम्वत चयन गरिएको छ । बुधवार ३ नम्बरको पार्टी कार्यालयमा भएको क्रियाशिल पार्टी कार्याकर्ताको भेलाले दाहाललाई आगामी निर्वाचनमा अध्यक्षका रुपमा अघि सार्न सर्वसम्वत चयन गरिएको हो । दहाल सहित अन्य ४ जना सदस्य समेत सर्वसम्वत भएको छ । १४ महाधिवेशनमा वडा नम्बर ३ को पार्टी सभापतिको जिम्मेवारी पाएका दाहाल युवाहरु माझ लोकप्रिय मानिन्छन् । उम्मेदवार दर्तामा दिपक थापा मगर र प्रशुराम काफ्लेले समेत उम्मेदवारी दिए पनि पार्टीलाई एक ढिक्का बनाएर आगामी निर्वाचन जित्ने तयारीका साथ दाहालको उम्मेदवारीमा समर्थन गर्दै थापा र काफ्लेले उम्मेदवारी फिर्ता लिएका थिए ।
अहिलेसम्म नेकपा एमालेले नेतृत्व गरेको यो वार्ड दाहालको टिमलाई जिताएर इतिहास रच्ने तयारीमा कांग्रेस पार्टी रहेको क्षेत्रीय सदस्य समेत रहेका दिपक थापाले बताए ।

