राजनीति

उम्मेद्वार छान्ने चुनावमा बालकृष्ण थापालाई सर्वाधिक मत

मेचीनगर । नेकपा एमाले मेचीनगर–६ नम्बर वडामा वडाध्यक्ष पदका लागि तीन आकांक्षी मध्ये बालकृष्ण थापाले सर्वाधिक मत ल्याएका छन् ।

बुधबार पार्टीले आकांक्षी उम्मेद्वारका लागि गरेको आन्तरिक चुनावमा थापाले सर्वाधिक ४९ मत ल्याई चुनिएका हुन् ।

अन्य आकांक्षी उम्मेद्वारहरु रामबहादुर तामाङले ९ र गोविन्द गिरीले ३ मत प्राप्त गरेको वडाध्यक्ष प्रितम काफ्लेले बताए ।

कुल ६७ सदस्य मध्ये ६१ जनाले मतदान गरेको काफ्लेले जानकारी दिए ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि एमाले मेचीनगर–६ नम्बरमा वडाध्यक्ष पदमा ३ जना आकांक्षीका उम्मेद्वारहरुको नाम सिफारिस हुनेछ ।