संघ \संस्था

काँकरभिट्टाका डीएसपी महतोलाई बाहुण्डाँगीमा स्वागत

बाहुण्डाँगी । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको कमाण्ड सम्हाल्न आएका नयाँ प्रहरी नावय उपरिक्षक (डिएसपी) ज्ञानकुमार महतोलाई बाहुण्डाँगीमा स्वागत तथा सम्मान गरिएको छ ।
बाहुण्डाँगी जेसीजले मंगलवार डिएसपी महतोलाई विशेष साधारण सभा तथा क्यालेण्डर विमोचन समारोहको अवसर पारेर स्वागत गरेको हो । आफ्नो कार्य क्षेत्र भित्र शान्ति सुरक्षाको प्रत्याभूतिमा सधैँ साथ र सहयोग गर्न आग्रह गर्दै जेसीजले स्वागत गरेको थियो । साथै मायाको चिनोको रुपमा शाखाले बाहुण्डाँगीको पहिचान हात्तीको चित्र अंकित उपहार दिएको थियो । स्वागतपछि बोल्दै डिएसपी महतोले लामो समयदेखि बाहुण्डाँगी हात्तीबाट पीडित रहेको आफुले पनि नजिबबाट बुझेको बताउँदै यसको दिर्घकालिन समाधानका लागि सम्बन्धित क्षेत्रमा पहल गर्ने र जुन सुकै समस्यमा बाहुण्डाँगी बासीका लागि सारथी बनेर काम गर्ने बताए । उनले बाहुण्डाँगी भारतीय सिमासँग जोडिएको बताउँदै सिमा विवाद, लागु औषध ओसार पोसार तथा सिमामा हुने हरेक समस्याहरुमा बाहुणडागी जेसीजसँग सहकार्य गरेर काम गर्ने बताए । जेसीजसँग युवाहरु रहेको बताउँदै उनले प्रहरीको साथीका रुपमा सहकार्य गर्दै अघि बढ्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि संस्थापक अध्यक्ष नविन बरालले जेसीज समाजको स्वयम सेवक रहेको बताउँदै प्रहरीलाई आवश्यक परेमा जुनसुकै समयमा युवाहरु तयार रहेको बताए ।