बाहुण्डाँगी । बाहुण्डाागी जेसीजले २०७९ सालको नयाँ क्यालेण्डर विमोचन गरेको छ । मंगलवार बाहुण्डाागीमा आयोजित विशेष साधारणसभाको अवसर पारेर क्यालेण्डर विमोचन गरिएको हो ।

उक्त क्यालेण्डर कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका संस्थापक अध्यक्ष नविन बराल, संस्थाका अध्यक्ष हेमन्त मोक्तान र इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी ज्ञानकुमार महतोले विमोचन गरेका थिए ।
संस्थाका अध्यक्ष हेमन्त मोक्तानको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव प्रविण भण्डारीले गरेका थिए ।

