खेलकुद

मेस्सी सन् २०२० मा सबैभन्दा बढी कमाउने फुटबल खेलाडी

काठमाडौं, भदौ ३० । बार्सिलोनाका कप्तान लियोनल मेस्सी सन् २०२० मा सबैभन्दा बढि कमाई गर्ने फुटबल खेलाडी बनेका छन् । युभेन्टसका पोर्चुगीस स्टार क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दैै मेस्सी सर्बाधिक कमाई गर्ने खेलाडी बनेका हुन् ।

अमेरिकी बिजनेस म्यागाजिन ‘फोब्र्सका अनुसार ३३ वर्षीय मेस्सीले १ सय २६ मिलियन डलर कमाएका छन् । मेस्सीले तलबमार्फत ९२ मिलियन डलर तथा अन्य शीर्षकमा ३४ मिलियन डलर कमाएका हुन् ।

दोस्रो स्थानमा रहेका ३५ वर्षीय रोनाल्डोले १ सय १७ मिलियन डलर कमाएका छन् । युभेन्टसका स्टार रोनाल्डोले ७० मिलियन डलर तलबमार्फत र अन्य शीर्षकमा ४७ मिलियन डलर कमाएका छन् ।

ब्राजिलियन स्टार तथा फ्रान्सेली क्लब पीएसजीका फरवार्ड नेयमारले ९६ मिलियन डलर कमाउँदा केलियन एम्बाप्पेले ४८ मिलियन डलर कमाएका छन् ।