बाहुण्डाँगी । नेपाल जेसीजको वार्षिक कार्यक्रम अन्तर्गतको क्षेत्रीय अध्यक्ष भेला क्षेत्र ‘ख’ को लालबन्दीमा सम्पन्न भएको छ । लालबन्दी जेसीजको आतिथ्यतामा सम्पन्न भेलामा क्षेत्र ‘ख’ का ३९ वटा शाखाका शाखा अध्यक्षहरुको भेला सम्पन्न भएको हो । नेपाल जेसीजको क्षेत्रीय सम्मेलनमा प्रस्तुत गरिने विषयवस्तु र जेसीजका विभिन्न बाटो र पाटोका सन्दर्भमा नेतृत्वकर्ता शाखा अध्यक्षहरु बिचमा हुने शाखा अध्यक्ष भेला अन्तर्गत शनिवार देशभरका ४ वटै क्षेत्रमा एकैपटक सम्पन्न भएको हो ।

४ वटा क्षेत्रका १७४ शाखा मध्ये क्षेत्र ‘ख’ मा ३९ शाखा रहेका छन् । शाखाका अध्यक्ष सन्तोष पौडेलको सभापतित्व तथा लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा नगर उपप्रमुख शान्तिकुमारी लामा, नेपाल जेसीजका निरुपित कार्यकारीणी उपाध्यक्ष सुनिल तिम्सिना, राष्टिय महासचिव कृष्ण सापकोटा, लालबन्दी जेसीजका निरुपित उपाध्यक्ष सिनेटर नरेशचन्द्र ओझा, उपाध्यक्षहरु रश्मि बस्नेत, कृष्णबहादुर श्रेष्ठ, लालबन्दी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष सुरेन्द्रकुमार न्यौपाने, उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याणकुमार जोशी, चेम्बर अफकर्मश लालबन्दीका अध्यक्ष सुमन खत्री, शाखाका संस्थापक अध्यक्ष किरण घिमिरे, निवर्तमान अध्यक्ष श्याम खड्का लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।


