खेलकुद

रसोइ झापा सुपर लिग क्रिकेटमा आज दुई खेल हुँदै

मेचीनगर । लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा हिजोदेखि शुरु भएको रसोइ झापा सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछन् ,।

झापा मै पहिलोपटक भैरहेको यो प्रतियोगितामा क्षेत्रीय तथा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरुकाे समेत सहभागिता रहेका कारण जिल्लाका खेलाडी तथा खेलप्रेमिहरु हर्षित बनेका छन्,।

आजकाे पहिलो खेल धुलाबारी टाइगर्स र बाेस्टर्न ब्लास्टर्स बीच बिहान ९ बजेदेखि शुरु हुँदैछ भने दोस्रो खेल दिउँसो १ बजेदेखि भद्रपुर राइजिङ किङ र सनराइज काकडभिट्टा बीच हुनेछ। हिजो सम्पन्न उद्घाटन खेलमा विराट वारियर्सले सनराइज काकडभिट्टालाई ७ विकेटले पराजित गरेको थियो ।

प्रतियोगिताको विजेता टोलीले नगद रु २ लाख ११ हजारसहित ट्रफी पाउने छ भने उपविजेता टोलीले नगद रु १ लाख ११ हजार सहित ट्रफी पाउने छ ।

प्रतियोगिताको बेस्ट बलरले १० हजार, बेस्ट, प्लेयरले १५ हजार, बेस्ट फिल्डरले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले नगद रु. ३ हजार प्राप्त गर्नेछन् ।