संघ \संस्था

अध्यक्षमा भट्टराई

मेचीनगर । नेपाल पारा भेटेरिनरी एण्ड लाइमष्टक एशोसिएसन मेचीनगर समितिको अध्यक्षमा नविन भट्टराई चयन भएका छन् । मेचीनगर–८ स्थित आदर्श माविमा मंगलबार आयोजना भएको पहिलो मेचीनगर भेलाले भट्टराईको नेतृत्वमा तीन बर्षे कार्यकालको लागि नयाँ कार्यसमिति सर्व सम्मत चयन गरेको हो ।

भेलाले समितिको उपाध्यक्षमा सन्देश राई, सचिवमा बब्लु शाह र कोषाध्यक्षमा कञ्चन दाहाललाई चयन गरेको छ । त्यस्तै समितिको सदसस्यहरुमा पर्वत खड्का, जेनिशा खत्रि र दिपक उप्रेती चयन भएका छन् ।

नौं सदस्यिय रहने नयाँ कार्य समितिको अध्यक्षसहित भेलाले सात जना सर्व सम्मत चयन गरेको छ भने बाकी दुई जना सदस्य समितिको पहिलो बैठकले चयन गर्ने नेपाल पारा भेटेरिनरी एण्ड लाइमष्टक एशोसिएसन मेचीनगर इन्चार्ज एवम् झापा जिल्ला सदस्य मदन भण्डारीले जानकारी दिए ।

समितिको पहिलो भेलामा नेपाल पारा भेटेरिनरी एण्ड लाइमष्टक एशोसिएसन मेचीनगर इन्चार्ज एवम् झापा जिल्ला सदस्य भण्डारी, डेनु मगर, उज्वल अधिकारी, थिरेन्द्र सिवाकोटी, विपिन प्रधान, करुण अधिकारीलगायतको उपस्थिति रहेको थियो ।