बाहुण्डाँगी । मानवताको सेवा जीवनको सर्वाेतम कार्यलाई आत्मासाथ गर्ने बाहुण्डाँगी जेसीजले मेचीनगर २ का आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ ।
शनिबार राती विजुली सर्टबाट भएको आगलागीबाट केवल निरौलाको घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो । आगलागी पीडित निरौला परिवारलाई आइतवार बिहान घरमै पुगेर जेसीज सदस्यहरुले नगद १७ हजार ५ सय ५ रुपैयाँ सहयोग गरेका हुन् ।

शाखाका अध्यक्ष हेमन्त मोक्तानको नेतृत्वमा गएको जेसीज सदस्यहरुको टोलीले उक्त रकम निरौला परिवारलाई हस्तान्तरण गरेको हो । अध्यक्ष मोक्तानसहित निवर्तमान अध्यक्ष दिपक बराल, कानुनी सल्लाहकार देबु बानियाँ, महासचिव प्रविण भण्डारी, कोषाध्यक्ष समिर राई, उपाध्यक्षहरु मिनेस सापकोटा, रोशन गिरी, कार्यक्रम संयोजक केवल निरौला, खेलकुद संयोजक किरण गौतम, श्याम चम्लागाईलगायतको उपस्थितिमा राहत रकम हस्तान्तरण गरिएको थियो । आगलागी पीडित निरौला अटो चालक हुन् ।


