झापा । मेचीनगर १० मा नेकपा एमालेको प्यानल नै विजयी भएकाे छ । बर्षौदेखि नेपाली काँग्रेसले वर्चस्व जमाइरहेको यस वडामा एमालेले नारायण खनालको नेतृत्वमा सफलता हासिल गरेको हो ।
खनालले गठबन्धनबाट काँग्रेसका अध्यक्ष पदका उम्मेदवार इन्द्र सुब्बालाई पराजित मेचीनगर १० मा एमालेको विजयी झण्डा फहराएका हुन् ।
एमालेबाट अध्यक्षमा खनाल, सदस्यमा सोमनाथ ओझा, विशाल कार्की, महिला सदस्यमा जानुका थापा र दलित महिलामा लीला दर्नाल निर्वाचित भएका हुन् ।
जिल्लामै काँग्रेसको क्रियाशील सदस्य सबैभन्दा धेरै रहेको वडामध्येमा पर्ने यस वडामा यस अघि काँग्रेस बाहेकका दलहरुले निर्वाचन जित्न सकिरहेका थिएनन् ।

