काठमाडौं । हराइरहेको तारा एयरको विमान भेटिएको नेपाली सेनाले जनाएको छ ।
आइतबार बिहानैबाट सम्पर्कविहीन भएको विमान खोजीका लागि नेपाली सेनासहितको सेनाको हेलिकप्टर प्रयोग भएको थियो ।
मौसम प्रतिकुलताका कारण आइतबार स्थगित भएको विमानको खोजी कार्य सोमबार बिहानैबाट थालिएको थियो । त्यसपश्चात नै नेपाली सेनाले ट्वीट गर्दै जहाज भेटिएको जनाएको छ ।

हिजोदेखि हराइरहेको जहाज यस्तो अवस्थामा फेला पर्यो। तस्बिरः नेपाली सेना
त्यसबारे थप विवरण केहीछिनमै आउने ट्वीटमा जनाइएको छ ।

