संघ \संस्था

मेचीनगर लेडीद्धारा १२ महिलासहित ३५ जनाको रक्तदान

बाहुण्डाँगी । मेचीनगर लेडि जेसीजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । काकरभिट्टाको हनुमान मन्दिर परिषरमा आयोजना गरिएको कार्यक्रममा १२ महिलासहित ३५ जनाले रगत दान गरेका थिए ।

लेडि जेसीजकी अध्यक्ष सिता गिरी पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मेचीनगर वडा नं। ६ का वडा अध्यक्ष ललितबहादुर तामाङ्गले रगतको अभाव हुन नदिन यस्ता खाले रक्तदान कार्यक्रमले सहयोग पुग्ने बताउनु भयो । जीवन बचाउनका लागि रगत दान गर्नु नै सबैभन्दा ठुलो सहयोग हुने वडा अध्यक्ष तामाङ्गले बताउनु भयो ।

कार्यक्रममा रेडक्रस सोसाईटि मेचीनगर उपशाखाका सहसचिव केशब पोखरेल, इलाका प्रहरी कार्यालय काकरभिट्टाका प्रमुख डिएसपी ज्ञानकुमार महतो, मेचीनगर लेडि जेसीजकी पुर्व अध्यक्ष उषा श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।


कार्यक्रम संयोजक रेजिना श्रेष्ठले स्वागत मन्तब्य गरेको कार्यक्रम लेडि जेसीजकी महासचिव पवित्रा विमली प्रसाईको सञ्चालनमा सम्पन्न भएको थियो । आस्थापाठ सहकोषाध्यक्ष अनिता गुरगाईले गर्नु भएको थियो ।