बाहुण्डाँगी । रत्ननगर नगरपालिकाका नव निर्वाचित जन प्रतिनिधिहरुलाई सौराहा लेडिज जेसिजद्वारा सम्मान तथा बधाई कार्यक्रमको आयोजना गरेको छ। नगरप्रमुख उपप्रमुख, वडा अध्यक्ष लगायत वडा सदस्यहरुलाई बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा बोल्दै नेपाल जेसीजका निबर्तमान रास्ट्रीय अध्यक्ष जेसीआई सिनेटर तथा कार्यक्रमका प्रमुख अतिथी अरुणेश्वर खनालले काठमाडौ लगायत देशका विभिन्न स्थानमा स्वतन्त्र उमेदवारको जितले अब राजनैतिक दलहरु सुध्रिनुको बिकल्प नरहेको बताउदै रत्ननगरका नव निर्वाचित जनप्रतिनिधिहरुले रत्ननगरलाई रत्न बनाउन लागि पर्नेमा बिश्वास ब्यक्त गर्नु भएको छ।

नेपाल जेसीजका निबर्तमान रास्ट्रीय अध्यक्ष अध्यक्ष जेसीआई सीनेटर अरुणेस्वर खनाल को प्रमुख आतित्यथा मा , खनालले गरिबि रास्ट्रीय समस्या भयको र यसको नियन्तण आजको प्रथम प्राथमिकता हुनुपर्ने बताउनुभयो साथै स्वतन्त्र उम्मेदवार हरुले काठमाडौं लगायत धरान, धनगडी मा जित्नु ठुला दलहरुको लागि यो लज्जा, चुनौती र सिकाइ हो, उनिहरु आत्माअलोचना गर्दै सचियर जनतामा जानुपर्ने बताउनुभयो । रत्ननगर नगरपालिकाका प्रमुख एवम कार्यक्रमका बिशिस्ट अतिथी प्रलाद सापकोटाले आफूहरु सङ्ग बिस्वकै उत्कृष्ट पर्यटकीय नगरी सौराहा रहेकाले पर्यटक भित्राउन आफुहरु सदैव तयार रहेको बताउनु भएको छ।

यस्तै कार्यक्रमका सभापति एवम सौराहा लेडिज जेसिजका अध्यक्ष जेसि स्वप्ना पौडेलले सौराहा लेडिज जेसिज स्थानीय तह सङ्ग हातेमालो गर्दै समाज परिवर्तनका लागि सङ्गै अगाडि बढ्न तयार रहेको बताउदै जन अपेक्षा अनुरुप कार्य गर्न जनप्रतिनिधिहरु सफल हुनेमा बिश्वास समेत ब्यक्त गर्नुभएको छ। उक्त सम्मान कार्यक्रममा सौरहा लेडिज जेसिजका सस्थापक अध्यक्ष जेसि सुजता बिष्ट, रत्ननगर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष किरण महत्तो, नेपाल रेडक्रस सोसाइटी उपसाखा बछौलीका अध्यक्ष सुबास विडारी, विसहजारी जेसिजका अध्यक्ष जेसिज बेदराज भुसाल लगायतले नव निर्वाचित जनप्रतिनिधिलाई सुभकामना ब्यक्त गर्नु भएको थियो।

उक्त कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष बुधनी चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सौराहा लेडिज जेसिजकी माहासचिव जेसि अनिता पाण्डेले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

