खेलकुद

मेचीनगर स्तरीय बि डिभिजन स्नोकर टुर्नामेन्टको उपाधि दिप्सनलाई

झापा, फागुन २६ । मेचीनगर–६ स्थित काँकरभिट्टा जारी दोस्रो मेचीनगर स्तरीय बि डिभिजन स्नोकर टुर्नामेन्टको उपाधि दिप्सन राईले जितेका छन् । विजेता बने संगै उनले नगद ११ हजार सहित ट्रफी प्राप्त गरे ।

सोमवार सम्पन्न फाईनल खेलमा दिप्सन राईले ३–१ सेट अन्तरले ललित तामाङलाई पराजित गरेका हुन । फाईनल प्रतियोगिता बेष्ट अफ फाएपमा सञ्चालन भएको थियो । उपविजेता बनेका लनि तामाङले नगद ५ हजार र ट्रफीमा मै चित्त बुझाए ।

त्यसैगरी तृतिय स्थान हासिल गरेका अमित श्रेष्ठले नगद २ हजार र ट्रफी प्राप्त गर्दा गरे । प्रतियोगिता अवधि भरमा १८ अंक सहित हाइस्कोर (हाईब्रेक) गर्ने राजु पौडेलले ट्रफी प्राप्त गरे ।

उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि मेचीनगर–६ का वडा अध्यक्ष ललित तामाङ, विशिष्ट अतिथि बालजित राई, विशाल तामाङ, राजेश गहतराज, भरत गुरुङ्गलगायतका अतिथिहरुले नगद सहित ट्रफीे प्रदान गरे ।

ब्लाक एट पोल एण्ड स्नोकर मेचीनगका अध्यक्ष निमा वाङगेल तामाङ (राजु) को अध्यक्षतामा सम्पन्न समापन तथा पुरस्कार वितरण कार्यक्रम सञ्चालन कर्णबहादुर थापाले गरेका थिए ।

ब्लाक एट पोल एण्ड स्नोकर मेचीनगको आयोजनाम सञ्चालित प्रतियोगितामा मेचीनगरका ३० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published.