अर्थ

पत्रकारलाई घुस दिन खोज्‍ने इन्स्पेक्टर जिल्ला तानिए, छानबिन सुरु

झापा, फागुन २६ । झापा युवा तथा खोजकर्मी पत्रकार खगेन्द्र घिमिरेलाई घुस दिन खोज्ने इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) भुवनबाबु खड्कामाथि छानबिन शुरू भएको छ।

पत्रकारलाई घुस दिन खोज्ने प्रहरी निरीक्षक छानविनको घेरामा तानिएका छन् । घिमिरेलाई समाचार नलेख्न भन्दै घुस दिन खोज्ने इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक भुवनबाबु खड्कामाथि छानविन सुरु भएको छ । प्रहरी निरीक्षक खड्काले शनिवार पत्रकार घिमिरेलाई तस्करीको समाचार नलेख्न भन्दै दश हजार रुपैयाँ घुस दिएका थिए । तर, पत्रकार घिमिरेले तत्कालै पैसा डिएसपीलाई फर्काएर घटना सार्वजनिक गरेपछि प्रहरी निरीक्षक खड्का छानविनमा परेका हुन् ।

काँकरभिट्टा नाकामा हुने तस्करीका सम्बन्धमा पत्रकार घिमिरेले शुक्रवार अनुसन्धान अनलाइनमा ‘रातमा प्रहरी साइट लागि दिँदा सुपारी तस्करी मालामाल’ भन्ने शीर्षकमा समाचार लेखेका थिए । प्रहरी निरीक्षक खड्काले थप समाचार नलेख्न आग्रह गर्दै दश हजार घुस दिएका थिए । पत्रकार घिमिरेले प्रहरी निरीक्षकसँगको अडियो संवाद सहितको भिडियो सार्वजनीक गरेका छन् ।

समाचार प्रकाशन भएलगतै प्रहरी कार्यालय झापाले इन्स्पेक्टर खड्कालाई आइतबार बेलुका काँकडभिट्टाबाट जिल्ला तानेर छानबिन शुरू गरेको हो। इन्स्पेक्टरले पत्रकारलाई १० हजार घूस दिन खोजेपछि पत्रकारलाई घुस दिने घटना बाहिर आए लगतै प्रहरी कार्यालय झापाले इन्स्पेक्टर खड्कामाथि छानबिन शुरू गरिसकेको बताउँदै प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले भने, ‘इन्स्पेक्टर खड्कालाई प्रहरी कार्यालय झापा झिकाइसकेका छौ, अहिले उनीमाथि आन्तरिक छानबिन भइरहेको छ, छानबिन पश्चात् सङ्गठनको नीति बमोजिम कारबाही हुन्छ।’

जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोइराला बिदामा भएकोले प्रहरी नायव उपरीक्षक श्रेष्ठले घट्नाको सत्य तथ्यसहितको प्रतिवेदन तत्काल पेस गर्न इप्रका काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेललाई लिखित निर्देशन समेत दिइसकेको छ। प्रहरी निरीक्षक खड्काले शनिबार साँझ ६ बजेको समयमा इलाका प्रहरी कार्यालयभित्र आफ्नो कोठामा बोलाएर पत्रकारलाई घिमिरेलाई राखेको यस्तो प्रस्ताव उनले ठाडो अस्वीकार गरेपछि घटना बाहिर आएको हो।

Leave a Reply

Your email address will not be published.