अर्थ

पत्रकारलाई घुस दिन खोज्‍ने इन्स्पेक्टर जिल्ला तानिए, छानबिन सुरु

झापा, फागुन २६ । झापा युवा तथा खोजकर्मी पत्रकार खगेन्द्र घिमिरेलाई घुस दिन खोज्ने इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) भुवनबाबु खड्कामाथि छानबिन शुरू भएको छ। पत्रकारलाई घुस दिन खोज्ने प्रहरी निरीक्षक छानविनको घेरामा तानिएका छन् । घिमिरेलाई समाचार नलेख्न भन्दै घुस दिन खोज्ने इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक भुवनबाबु खड्कामाथि छानविन सुरु Read More…

खेलकुद

मेचीनगर स्तरीय बि डिभिजन स्नोकर टुर्नामेन्टको उपाधि दिप्सनलाई

झापा, फागुन २६ । मेचीनगर–६ स्थित काँकरभिट्टा जारी दोस्रो मेचीनगर स्तरीय बि डिभिजन स्नोकर टुर्नामेन्टको उपाधि दिप्सन राईले जितेका छन् । विजेता बने संगै उनले नगद ११ हजार सहित ट्रफी प्राप्त गरे । सोमवार सम्पन्न फाईनल खेलमा दिप्सन राईले ३–१ सेट अन्तरले ललित तामाङलाई पराजित गरेका हुन । फाईनल प्रतियोगिता बेष्ट अफ फाएपमा सञ्चालन भएको Read More…

खेलकुद

थ्री स्टार सेमिफाइनलमा

पोखरा, फागुन २६ । रुस्लान थ्री स्टार क्लब पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको खेलमा पाहुना टोली गान्तोक सिटी एफसी सिक्किमलाई ३–० गोल अन्तरले पराजित गर्दै थ्री स्टार सेमिफाइनल प्रवेश गरेको हो । थ्री स्टारको जितमा सुशन श्रेष्ठले दुई गोल गरे । यस्तै संजोक Read More…

अर्थ स्वास्थ्य

छोरी बचाइदिन मगर परिवारको आग्रह

युवराज आचार्यझापा, फागुन २६ । ब्लड क्यान्सर भई हाल मृत्यु संग संघर्ष गरिरहेकी छोरीको उपचारमा सक्दो सहयोग गरिदिन पुलामीमगर परिवारजनले अपिल गरेका छन् । झापाको मेचीनगर नगरपालिका वडा नम्बर २ स्थित भानु मावि भृकुटीमा कक्ष ९ मा अध्यायनरत मेचीनगर ३ पहलेधाप निवासी १४ वर्षीय छोरी एलिसा पुलामीमगरको उपचारका लागि आमा पुष्पा पुलामीमगरले यस्तो आग्रह गरेकी Read More…

स्वास्थ्य

नेपालसहित १४ देशलाई कतार प्रवेशमा रोक

काठमाडौं, फागुन २६ । कतारमा कोरोना भाइरस देखा परे संगै नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपालसहित १४ देशका यात्रुमाथि अस्थायी रुपमा प्रवेशमा रोक लगाएको छ । आइतबार कतार सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन,इजिप्ट, भारत, इरान, इराक,लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोकलगाउने निर्णय गरेको जानकारी दिएको हो Read More…

कला

आज होली पर्व, पानी र रङ प्रयोग नगर्न प्रशासनको अनुरोध

काठमाडौं, फागुन २६ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलोरूपमा मनाइने यो पर्व प्रहरीको Read More…