काठमाडौं, फागुन २६ । कतारमा कोरोना भाइरस देखा परे संगै नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपालसहित १४ देशका यात्रुमाथि अस्थायी रुपमा प्रवेशमा रोक लगाएको छ ।
आइतबार कतार सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन,इजिप्ट, भारत, इरान, इराक,लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोकलगाउने निर्णय गरेको जानकारी दिएको हो । कतार एयरवेजले यसअघि नै इटालीका लागि सबै उडान बन्द गरिसकेको छ ।

