खेलकुद

मेचीनगर खेलकुद अन्तर्गत फुटबलमा १० टिम विजयी

झापा, जेष्ठ १६ । प्रथम मेचीनगर खेलकुद महोत्सवअन्तर्गत बिहीबार छात्र तथा छात्रातर्फको फुटवल प्रतियोगिता सुरु भएको छ ।
काँकरभिट्टा माविको खेलमैदानमा भएको फुटबल प्रतियोगितामा छात्रतर्फ इष्ट होराइजन, धुलाबारी, सूर्र्योदय, पारिजात, होलीवेल र श्री भानु मावि विजयी भएका छन् । बलभद्र जनता मावि धाइजनलाई १–० गोलअन्तरले पराजित गर्दै इष्ट होराइजनले जीत दर्ता गरेको हो । इष्ट होराइजनका लागि खेलको म्यान अफ दी म्याच समेत घोषित अभिनास चौधरीले गोल गरेका थिए । बाल कल्याण मावि धुलाबारीसँग १-० ले पराजित भएको थियो । धुलाबारीका लागि अभिशेक लिम्बुले गोल गरेका थिए । उता सूर्योदय माविले ओसेनिक निर्भाण विद्यालयलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । लिटल एञ्जल अंग्रेजी मावि समयमै मैदान प्रवेश नगरेपछि श्री भानु माविले वाकओभरमा खेल जित्यो भने विद्या विकास नआएका कारण होलीवेलले पनि वाकओभरमा खेल जित्यो ।
उता छात्रातर्फको खेलमा बलभद्र जनता मावि र सरस्वती शिक्षा सदन विजयी भए । दुर्गा अंग्रेजी माविलाई १-० गोल अन्तरले बलभद्रले पराजित गर्यो । बलभद्रकी सविना लिम्बुको गोल नै निर्णायक बन्यो ।सरस्वती शिक्षा सदनले धुलाबारी माविलाई टाइव्रेकरमा ४-३ ले खेल जित्यो । बिहीबार कुल दश खेल भएको थियो । न्यूजसञ्जाल बाट

Leave a Reply

Your email address will not be published.