बाहुण्डाँगी । विराटनगर जेसिजद्वारा विश्व वातावरण दिवसको अवसर पारेर विराटनगर(४ स्थित सप्तकोसी मार्ग९अच्युत मिल टोल०मा १ सय २५ वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
जस्मा कपुर(२५,पितान्जल(१५,कल्की फुल (१५,धुपी(५,रुद्राक्ष (१०,रिट्ठा(१०,शिरीष पहेलो,(१५,रातो(१५,तेजपत्ता( १५ थान रहेको थियो ।
उक्त कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद बिन्दिया कार्की रहनु भएको थियो भने अतिथिहरुमा जेसि टिपि आचार्य९ पुर्व अध्यक्ष विराटनगर जेसिज०,जेसि उज्ज्वल खरेल(९पुर्व अध्यक्ष विराटनगर जेसिज०,रमेशकुमार घिमिरे ,अच्युत मिल टोल अध्यक्ष मोहन दाहाल (अच्युत मिल टोल पुर्व अध्यक्ष लगायत विराटनगर जेसिज पदाधिकारी ,सदस्य विराटनगर जुनियर जेसिज अध्यक्ष लगायत टोलवासीको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बोल्दै प्रदेश संसद बिन्दिया कार्कीले जेसिजको वातावरण जोगाउने र वृक्षारोपण गर्ने कार्य सरहनिय रहेको र आफुलाइ समेत पबित्र अभियानमा निमन्त्रणा गरेको मा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा जेसिजले अझ राम्रो काम लिएर आएमा सदैव आफुले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
त्यस्तै टोल विकास समितीका सभापति रमेश कुमार घिमिरेले बिरुवा रोप्ने मात्र हैन त्यसलाई जोगाउने पनि काम गर्नु पर्ने भएकाले आफूहरुको घर आगन मा जेसिजले रोपिदिएको बिरुवाको जोगाउने जिम्मा आफुहरुले लिने भनाइ राख्नु भयो ।
त्यस्तै अध्यक्ष देवचन्द्र घिमिरेले जेसिज विराटनगरको अग्रणी सस्था भएका नाताले आगामी दिनमा जिम्मेवारी मा आउने कुनै पनि काम गर्न जेसिज पछि नहट्ने भन्दै जेसिजको अभियानमा साथ दिने सबै लाई धन्यवाद ब्यक्त गर्नु भयो ।
कार्यक्रम अध्यक्ष जेसि देवचन्द्र घिमिरेको अध्यक्षतामा सम्प्नन्न भएको थियो भने कार्यक्रमको सयोजक अङ्कित भट्टराई रहेको विराटनगर जेसिजका जनसम्पर्क अधिकारी निरज ढकालले जानकारी दिनुभयो ।

