संघ \संस्था

पर्यटन प्रबद्र्धनका लागि खाँडादेवी जेसीजको पैदल यात्रा

बाहुण्डाँगी । रामेछाप जिल्ला त्यसमा पनि खाँडादेवी गाउँपालिकाको पर्यटन प्रबद्र्धन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने उदेश्यका साथ प्रचारप्रसारसहित पैदल यात्रा गरिएको छ ।
खाँडादेवी जेसीजको आयोजनामा जारी २०२२ को जेसीज सप्ताह अन्तर्गतको अन्तिम कार्यक्रमका रुपमा पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले पैदल यात्राको आयोजना गरिएको थियो ।

धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको खाँडादेवीलाई देशविदेशसम्मका पर्यटकहरुलाई आफ्नो क्षेत्रका बारेमा परिचित गराउन पर्यटन प्रबद्र्धनका लागि पैदल यात्रा भन्ने नाराका साथ १० किलोमिटरको दुरी पार गरिएको थियो ।

१५० जना सहभागि रहेको पैदल यात्रामा बुद्धभवानी माविबाट ५९ जना, प्रायोग्यश्वोर माविबाट ३० जना, भिमेश्वर माविबाट २ जना, जिएन बोडिङ स्कुलबाट १७ जना, प्रगतिशिल माविबाट १६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


शाखाका कार्यकारीणी उपाध्यक्ष गुणराज श्रेष्ठको सभापतित्व, गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा शाखाका संस्थापक अध्यक्ष होमराज श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका निवर्तमान उपाध्यक्ष मखमली श्रेष्ठ, वडा नम्बर १ का अध्यक्ष रामकुमार श्रेष्ठ, वडा नम्बर २ का अध्यक्ष केशव प्रधान, वडा नम्बर ५ का अध्यक्ष मनोज न्ँयौपाने, वडा नम्बर ६ का अध्यक्ष नारायण कार्की, वडा नम्बर ७ का अध्यक्ष चण्डिकलाल तामाङ, वडा नम्बर ८ का अध्यक्ष गंगालाल तामाङ, गाउँपालिका सदस्य गोमा विक, विभिन्न विद्यालयका शिक्षक, स्थानीय राजनीतिक दलका नेता, सामाजिक व्यक्तिहरुको उल्लेखिय उपस्थिति रहेको थियो ।


कार्यक्रमको तेजकुमारमा श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको थियो ।
यसैगरी मंगलवार गोगरपानी रामेछापमा रहेको स्तुपा सरसफाइ गरिएको थियो । सप्ताह अन्तर्गत नै यस भन्दा अघि मावि स्तरीय वक्तित्वकला, कविता प्रतियोगिता, वृक्षारोपणलगायतका कार्यक्रमहरुको आयोजना गरिएको शाखाकी अध्यक्ष सम्झना श्रेष्ठले बताउनु भयो ।