मेचीनगर । बालिका बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका-११ का २८ वर्षीय विपिन राई छन् ।
उनले ११ वर्षीया बालिकालाई मेचीनगर-१३ को चारआली जंगलभित्रको झिलमा पुर्याएर मंगलबार राती बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित बालिकाले दिएको उजुरीको आधारमा प्रहरीले राईलाई बुधबार नै पक्राउ गरेको हो ।
पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले गोपनियतालाई ध्यानमा राखेर थप विवरण खुलाएको छैन ।

