बाहुण्डाँगी । नेपाल जेसीजको पूर्व राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर राजेन्द्रबहादुर श्रेष्ठको शनिवार ७५ वर्षको उमेरमा निधन भएको छ । एक साता अघि बाथरुमा लेडेर घाइते हुनु भएका श्रेष्ठलाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शनिवार ३ बजे उहाँको निधन भएको थियो ।
सन १९७६ मा काठमाडौँ बाहिर पहिलो पटक जेसीज स्थापना गर्ने श्रेष्ठ विराटनगर जेसीजका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । उहाँले १९७६ मा विराटनगरमा जेसीज स्थापना गर्नु भएको थियो । यसैगरी उहाँ नेपालबाट पहिलो पटक १९७७ मा जेसीआई वल्र्डको उपाध्यक्ष समेत बन्नु भएको थियो । यसैगरी जेसीजहरुको आस्थापाठलाई नेपालीमा अनुवाद गर्ने व्यक्ति समेत श्रेष्ठ नै हुन् भने नेपाल सरकारको मन्त्रिपरिसदको सदनमा संसदीय व्यवस्था प्रणालीको पहिलो पटक तालिम दिएर सदनमा यसको सुरुवात गराउनु भएको थियो ।

नेपाल जेसीज २०२२ का राष्ट्रिय अध्यक्ष सिनेटर लालमणी भण्डारीले पुर्व राष्ट्रिय श्रेष्ठको निधनले नेपाल जेसीज जगतमा अपुरणीय क्षति भएको बताउनु भयो । २०२२ सम्म निरन्तर नेपाल जेसीजको कुशल अभिभावक, जेसीज अभियान्ताहरुलाई सधैँ हौषलाा प्रदान गर्ने प्रेरणाका स्रोतका रुपमा रहनु भएका उहाँको निधनले जेसीज अभियान ठूलो क्षति पुगेको बताउनु भयो । नेपाल जेसीजले आजै एक विज्ञप्ती जारी गर्दै श्रेष्ठको निधनमा दुःख व्यत्त गरेको छ । यसैगरी नेपाल जेसीजका पूर्व अध्यक्षहरुले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमा श्रष्ठप्रति श्रद्राञ्जली व्यक्त गरेका छन् ।
स्थायी घर विराटनगर भए पनि श्रेष्ठ परिवारसहित लामो समयदेखि काठमाडौमा बस्दै आउनु भएको थियो ।

उहाँको शनिवारै साँझ ७ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको विराटनगर जेसीज २०२२ का अध्यक्ष देवचन्द्र घिमिरेले बताउनु भयो । उहाँको प्राथिव शरिरमा नेपाल जेसीजको झण्डा ओडाएर श्रद्राञ्जली व्यक्त गरिएको थियो । श्रद्राञ्जली दिन आर्यघाटमा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्षहरु फुलकुमार लालवनी, टिकाराज ढकाल, राजेन्द्र थपलिया, ताराबहादुर थापा, भगवती कालिकोटे, शुसिल रिजाल, नेपाल जेसीजका उपाध्यक्ष जीवन कार्की, काठमाडौँ जेसीजका अध्यक्ष अनुप सुनुवार, विराटनगरका अध्यक्ष देवचन्द्र घिमिरे, इन्द्रपुर जेसीजका अध्यक्ष भवानी ढकाल, नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष तथा विराटनगर जेसीजका पूर्व अध्यक्ष श्यामसुन्दर पौडेल मिलन सहभागि हुनु भएको थियो ।
श्रेष्ठका एक श्रीमती कमला श्रेष्ठ, १ छोरा अभिषेशक श्रेष्ठ र ३ छोरीहरु
अञ्जना श्रेष्ठ, निलिमा श्रेष्ठ तथा श्रृजना रहनु भएको छ ।

