दमक । झापाको दमकमा आज भएकाे प्रथम बिष्टफ्याक्ट्री फुटसल प्रतियोगिताको उपाधि रियल स्टार टिमले जितेको छ ।
दमकको रणभूमि फुटसल खेल मैदानमा सम्पन्न फाइनल खेलमा सि.सी.यी.बि.एस. टीम लाई ४–२ गोल अन्तरले पराजित गर्दै रियल स्टारले उपाधि चुमेको हो । उपाधिसंगै रियल स्टारका खेलाडीले वेष्ट फ्याक्ट्रीमा ६ महिना जिम फ्री, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेत बनेको सि.सी.यी.बि.एस काखेलाडीले बिष्टफ्याक्ट्रीमा ३ महिना जिम फ्री, ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
आज सञ्चालन भएको प्रतियोगिताको सर्बाधिक गोल कर्ताको रुपमा सि.सी.यी.बि.एस टिम का सुशान्त कार्की घोषित भए । उनले नगद रू ५०००/- प्राप्त गरे । भने रियल स्टार का सुशान्त भण्डारी उत्कृष्ट गोल किपर घोषित हुँदा उनले २५००/- र अविन लिम्बु प्रतियोगिताकै सर्वाैत्कृष्ट खेलाडी हुँदा नगद रू.१००००/- प्राप्त गरे ।
समापन समारोहका प्रमुख अतिथि दमक नगर खेलकुद समितीका अध्यक्ष र ध्रुव तारा स्पोर्टिङ्ग क्लव का संस्थापक अध्यक्ष भीमराज चम्लागांई को उपस्थितती सम्पन्न भयो।




