संघ \संस्था

धनकुटा सिटी जेसीजको छात्राहरुका निम्ति आत्मारक्षा तालिम

बाहुण्डाँगी । धनकुटा सिटी जेसीजको आयोजनामा एक दिने आत्मारक्षा तालिम सम्पन्न भएको छ । दैनिक रुपमा बढ्दै गएको महिला हिंसालाई कम गराउने उदेश्यका साथ विद्यालयका छात्राहरुका निम्ति कार्यक्रमको आयोजना गरिएको थियो ।


स्थानीय गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरुसहित २६१ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष दिपेनद्र निरौलाले गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरिक्षक चिरञ्जिवी दाहालले गर्नु भएको थियो ।


शाखाकी अध्यक्ष करुणा कटुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष रोशन श्रेष्ठ, विद्यालयका शिक्षक तथा शाखाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव उत्तम पौडेलले सञ्चालन गर्नु भएको थियो ।