संघ \संस्था

बेथानचोक जेसीजको पहिलो जेसीज सप्ताह सुरु

बाहुण्डाँगी । काभ्रे जिल्लामा स्थापना भएको बेथानचोक जेसीजले स्थापनाको ५ औँ वर्षमा लाग्दै गर्दा जेसीज सप्ताह सुरु गरेको छ । २०१८ मा सम्भावित भएर २०१९ मा पूर्ण स्वीकृति पाएको यस शाखाले यो वर्षदेखि जेसीज सप्ताहको सुरुवात गरेको हो । भकुण्डेबसी जेसीजको मातृत्वमा संस्थापक अध्यक्ष मुक्तिनाथ तिम्सिनाको नेतृत्वमा स्थापना भएको शाखा २०२२ मा डिकमान लामाले नेतृत्व गर्दैगर्दा सप्ताहको उद्घाटन भएको हो । भक्तपुर सल्लाघारी निवासी मिग्रौला पीडित तेजबहादुर केसीलाई शाखाको तर्फबाट आर्थिक सहयोग गर्दै सप्ताह उद्घाटन गरिएको शाखाका महासचिव प्रदिप आचार्यले बताउनु भयो ।

शाखाका पदाधिकारी तथा पूर्व अध्यक्षहरु

शाखाका अध्यक्ष डिकमान लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखाका सस्थापक अध्यक्ष संस्थापक मुक्तिनाथ तिम्सिना, पूर्व अध्यक्षहरु राजेश तिम्सिना, हरिकृष्ण दाहाल, शाखाका कार्यकारीणी उपाध्यक्ष मोहन कृष्ण तिमल्सिना, शान्ति खत्री, उपाध्यक्ष कमल नेपाललगायतको सहभागितामा उक्त सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन महासचिव प्रदिप आचार्यले गर्नु भएको थियो ।

जेसीज सप्ताहको कार्यक्रम तालिका


बिहिवारबाट सुरु सप्ताह अन्तर्गत ३ गते शुक्रवार नारी चेतना समूहलाई सिनेटरी प्याड वितरण, गणेश आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री (स्टेसनी) वितरण, ४ गते शनिवार रक्तदान, ५ गते अन्तक्रिया कार्यक्रम, असार ११ गते नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा असार १५ गते वृक्षारोपणसहित पहिलो सप्ताहको समापन कार्यक्रम हुने अध्यक्ष डिकमान लामाले बताउनु भयो ।