संघ \संस्था

शुक्लागण्डगकी जेसीज १९ वर्षमा, बालगृहलाई शैक्षिक सामाग्री वितरण

बाहुण्डाँगी । लेखनाथ जेसीजको मातृत्वमा स्थापना भएको शुक्लागण्डकी जेसीजले स्थापना वर्षको १९ वर्षको वार्षिक उत्सव सम्पन्न गरेको छ । मानवताको सेवा नै जीवनो सर्बाेत्तमm कार्य भन्ने नाराका साथ शाखाले हातेमालो बाल गृह मा शैक्षिक सामाग्री बितरर्ण,खाध्यान सामाग्री वितरण गरिएको थियो । साथै स्थापना दिवसको केक समेत काटिएको थियो ।

शुक्लागण्डकी जेसिजका अध्यक्ष शिव बा बि कको सभापतित्व तथा शुक्लागण्डकी नगरपालिका वडा न ७ का वाडा अध्यक्ष खडक सिह थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि नेपाल जेसीजका राष्टिय उपाध्यक्ष कृष्ण बा श्रेष्ठ, शुक्लागण्डकी जेसिजका पुर्ब अध्यक्ष बिनोद राउत , नबराज लामिछाने , भिम सुवेदी, पुर्ण कायस्थ ,मनिश श्रेष्ठ ,मदन श्रेष्ठ साथै शुक्लागण्डकी जेसिजका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो । शुक्लागण्डकी जेसिजका कार्यकारिणि उपाध्यक्ष प्रकाश बि कको संयोजनमा भएको थियो ।