बाहुण्डाँगी । बेथानचोक जेसीजको जेसीज सप्ताह अन्तरगत शनिवार नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।
पार्वती मावि बेथानचोकमा आयोजित विषेश समारोहकाबिच स्थानीय निकायको निर्वाचनमा बेथानचोक गाउँपालिकाबाट निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षहरुलाई बधाई सहित सम्मान गरिएको हो ।

गाउँ पालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा रानासहित वडा अध्यक्ष तथा सदस्यहरुलाई कार्यकाल सफलताको कामनासहित सम्मान गरिएको हो । उहाँहरुलाई पूर्व उद्योग राज्य मन्त्रि कञ्चन चन्द्र बादे श्रेष्ठले सम्मान पत्र सहित सम्मान गर्नु भएको थियो ।

शाखाका अध्यक्ष डिगमान लामाको सभापतित्व तथा पूर्व उद्योग राज्य मन्त्री कञ्चन चन्द्र बादे श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि निरुपित कार्यकारीणी उपाध्यक्ष रमा भण्डारी, निरुपित उपाध्यक्ष जीवन कार्की, निवर्तमान महासचिव सिनेटर विकास मानन्धर, शाखाका संस्थापक अध्यक्ष मुक्तिनाथ तिमल्सिना, पूर्व अध्यक्ष राजेश तिमल्सिना, छिमेकी शाखाहरु काभ्रे जेसीजका अध्यक्ष सञ्जिव मानन्धर, नाल्दुम नगरकोट जेसीजका अध्यक्ष राजाराम गौतम, भकुण्डेबेसी जेसीजका अध्यक्ष प्रमोद काफ्लेलगायतको सहभागितामा रहेको थियो ।

कार्यक्रम संयोजक मोहन कृष्ण तिमल्सिनाले स्वागत गरेको कार्यक्रमको सञ्चालन २०२२ का महासचिव प्रदिप आचार्यले गर्नु भए

