संघ \संस्था

बीसहजार जेसीजको निबन्ध प्रतियोगिता सम्पन्न

जेसीआई बीसहजारको आयोजनामा अन्तर मावि निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । बीसहजार जेसीज बर्ष २०२२ शाखा अध्यक्षो प्रकरण ुु आत्मबिस्वास र परिबर्तनका लागि उठौ, जागौ ुु बिषयमा विद्यार्थीहरुको निबन्ध प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको नतिजा केही दिनमा सार्वजनिक गर्ने र विजेता विद्यार्थीलाई विशेष समारोहको अवसर पारेर पुरस्कृत गरिने शाखाका अध्यक्ष बेदराज न्यौपानेले बताउनु भयो । प्रतियोगितामा १६ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

शाखाका अध्यक्ष बेदराज न्यौपानेको सभापतित्व तथा नेपाल नेपाल जेसीजका निबर्तमान राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरुनेश्वर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनप्रिय पब्लिक स्कुलका प्राचार्य तथ जिल्ला प्याप्सनका उपाध्यक्ष भानुभक्त अर्याल, नारायणी विद्या मन्दिरका प्राचार्य श्रीनिवास पौडेल, एपेक्स एकेडेमीमाका सहप्राचार्य दिपक भण्डारी, सनराईज बोडिङ स्कुलका शिक्षक प्रतिनिधि सि. के. बस्ताकोटी, ज्ञानदर्शन बोडिङ स्कुलका अतिरिक्त कृयाकलाप प्रमुख सञ्जोग मकाजु, बीसहजार जेसीजका पुर्ब अध्यक्ष हरु जनकराज घिमिरे, सिनेटर रेशम राज शर्मालगायतको आतिथ्यतामा सम्पन्न भएको हो । निरन्तर एकपछि अर्काे कार्यक्रम गर्दै आएको यस शाखाको बिहिवार ट्राफिक सचेतना कार्यक्रम रहेको शाखाका कानुनी सल्लाहकार तथा पूर्व अध्यक्ष सिनेटर रेशमराज शर्माले बताउनु भयो ।