बाहुण्डाँगी । मेचीनगर लेडी जेसीजको वर्ष २०२२ को जेसीज सप्ताह बुधवारबाट सुरु भएको छ । शाखाको सार्वजनिक सप्ताहको तालिका अनुसार किसानसँग असार १५ को नाराका साथ उद्घाटन गरिएको छ । निन्दा पुल किनारमा रहेको मानव धर्म सेवा समितिको परिषरमा धान रोपाई गर्दै सप्ताहको उद्घाटन गरिएको हो । १९ औँ राष्ट्रिय धान दिवसको अवसर पारेर रोपाई सहित सप्ताहको सुरुवात गरिएको थियो । सप्ताहको उद्घाटन मानव धर्म सेवा समितिकी केन्द्रीय प्रमुख चमेली बाइजीले गर्नु भएको थियो ।

शाखाकी अध्यक्ष सिता पुरीको सभापतित्व तथा मानव धर्म सेवा समितिकी केन्द्रीय प्रमुख चमेली बाइजीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाका पूर्व पूर्व अध्यक्षहरु टिका सुवेदी, शोभा श्रेष्ठ, सुनिता पनेरु, निवर्तमान अध्यक्ष सुशिला खतिवडालगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव पवित्रा प्रसाईले गर्नु भएको थियो ।

यसैगरी बुधवार शाखाले हाम्रो स्वास्थ्य र खानपान विषयकमा अन्तक्रिया सम्पन्न गरेको छ । त्रिफला पुस्ताकालयमा आयोजित कार्यक्रममा स्वास्थ्य रहन मानिसले खानपानमा ख्याल गर्नु पर्ने विषयमा जोड दिएको थिए ।

सप्ताह अन्तरगत शुक्रवार अरनिको माविमा एक दिने आँखा शिविर र सोही दिन बालबालिका र किशोरीहरुलाई आत्मारक्षा तालिमको आयोजना गरिने महासचिव पबित्रा प्रसाईले बताउनु भयो ।


