बाहुण्डाँगी । इमाडोल जेसीज २०२२ को योजनामा संचालित जेसीज सप्ताहको सातौ कार्यक्रम “किसान संग असार १५“ सम्पन्न भएको छ ।
यस कार्यक्रमसंगै असार २ गतेबाट सुरु भएको जेसीज सप्ताह सम्पन्न भएको छ ।

इमाडोल जेसीजले महालक्ष्मी नगरपालिकाको टिकास्थली स्थित जीवन अवाले र शान्ति अवालेको एक रोपनी खेतमा धान रोपाइ गरेको थियो ।
रोपाईमा शाखाका पदाधिकारी, पूर्व अध्यक्षहरुको सहभागिता रहेको थियो । रोपाईमा सहभागि जेसीजका पदाधिकारीहरुले रोपाईसहित हिलोमा खेलेर रमाइलो गरेका थिए भने खाजाका रुपमा दहि चिउरा ग्रहण गरेका थिए ।

जेसीज सप्ताहका मुख्य संयोजक महासचिव महासचिब सुजन श्रेष्ठ रहनु भएको थियो भने समापन कार्यक्रम अन्तर्गत “किसान संग असार १५“ कार्यक्रमको संयोजक सदस्य सृजना श्रेष्ठ रहनु भएको थियो ।

शाखाकी अध्यक्ष इच्छा गुरुङले सप्ताहको सुरुवातीदेखि समापन सम्म विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यत्ति, शाखाका पदाधिकारी, सदस्यहरु, पूर्व अध्यक्षहरु, निरुपित कार्यकारीणी, निरुपित उपाध्यक्ष, साथै सरोकार सहयोग सबैप्रति आभार व्यक्त गर्नु भएको छ ।


