संघ \संस्था

जनप्रतिनिधि र खेलाडीलाई सम्मान गर्दै बुधबारे जेसीजको ‘जेसीस सप्ताह’ सम्पन्न

बाहुण्डाँगी । बुद्धशान्ति गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरु तथा तेक्वान्दो डोजाङकि राष्ट्रिय खेलाडी सम्मान गर्दै बुधबारे जेसिजले जेसिस सप्ताह समापन गरेको छ। बुाद्धशान्ति गाउँपालिकाबाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा १७ औं नेशनल तेक्वान्दोमा काठमाडौं को सातदोबाटो मा बिजेता जयपुर तेक्वान्दो डोजाङकि राष्ट्रिय खेलाडी तौल ४४ के जि कि रेस्मा भुजेल लाइ सम्मन गरि कार्यक्रम सम्पन्न गरिएको थियो ।
बुधबारे जेसीजका अध्यक्ष मुकेश भट्टराईको अध्क्षता तथा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भवानी खतिवडाको बिशेष आतिथ्य तथा उद्योग वाणिज्य संघ बुद्धशान्तिका अध्यक्ष चन्द्र उप्रेतीको बिशिष्ट आतिथ्य रहेको थियो । सातै वटाका वडाध्यक्षको समेत आतिथ्यता रहेको थियो ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रसाईंले आफ्नो क्षेत्रमा हुने हरेक राम्रा कामहरुमा जेसीजको नाम सुन्न चाहेको बताए। उनले समाज परिवर्तनमा, मानविय सहयोगमा, बिकास निर्माणमा हरेक क्षेत्रमा जेसीजको नेतृत्व आइरहोस् भन्दै शुभकामना दिएका थिए। उनले आउँदो दिनमा गाउँपालिकाले बुधबारे जेसीजका राम्रा कामहरुमा हातेमालो गरेर अघि बढ्ने समेत उद्घोष गरे। झै झगडा वा हुलहुज्जतमा जेसिजको नाम कहिल्यै पनि आउन नहुने बताउँदै अध्यक्ष प्रसाईंले जेसीज नेतृत्वलाई सभ्य समाजको निर्माणमा अघि बढ्न समेत अनुरोध गरे।

त्यस्तै उपाध्यक्ष खतिवडाले बुद्धशान्तिका युवाहरुलाई सत्मार्गमा हिँडाउन प्रयत्न गरेको भन्दै बुधबारे जेसीजको प्रशंसा गरेका थिए। उनले बिधिको शासन पालना गर्दै मानवताको सेवामा जेसीजले भुमिका खेलेको भन्दै त्यस्ता महान कार्यमा आफ्नो पनि ऐक्यबद्धता जनाएका थिए।

यता उद्योग वाणिज्य संघ बुद्धशान्तिका अध्यक्ष चन्द्र उप्रेतीले समतामुलक समाज संगै ब्यवसायिक जिवन अङ्गिकार गर्न अनुरोध गरे। उनले जेसीहरु ब्यवसायिक रुपमा अघि बढेको कुराबाट अरुले पनि पाठ सिक्नु पर्ने बताए।

त्यस्तै वडा नम्बर १ का वडाध्यक्ष अनिल वाग्लेले आँफू पनि जेसीजकै उत्पादन भएकाले जेसीजप्रति सँधै नतमस्तक रहने बताए। उनले जेसीज सिक्ने, सिकाउने र नेतृत्व गर्न अग्रसर गराउने यो संस्थाले आगामी दिनमा पनि अरु नेतृत्व जन्माउनेमा बिश्वस्त रहेको बताए ।

कार्यक्रम संयोजक गजुहाङ योङहाङको संयोजकत्वमा भएको कार्यक्रममा जेसीज सप्ताहका संयोजकहरुलाई समेत सम्मान गरिएको थियो । गोकुल पौडेलले जेसीज आस्था पाठ गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव अर्जुन ढकालले गरेका थिए । बुधबारे जेसीजको बार्षिक कार्यक्रम अन्तर्गत एक सातासम्म बिभिन्न कार्यक्रम सञ्चालन गरेको जेसीज सप्ताहका मुल संयोजक रुद्र निरौलाले जानकारी दिए।