बाहुण्डाँगी । बेथानचोक जेसीजलाई नगद ७५ हजार र एक सय थान टिसर्ट सहयोग भएको छ । बेथानचोक जेसीजकै शिक्षा बिभाग प्रमुख बेथानचोक ३ निवासी जेसी कामना शर्मा दाहालको सक्रियतामा नगद ७५ हजार तथा १ सय थान टिसर्ट सहयोग भएको बेथानचोक जेसीजका बर्ष २२ का अध्यक्ष डिगमान लामाले जानकारी दिए ।

बेथानचोकमा आफ्नौ छुट्टै पहिचान बनाईसकेको बेथानचोक जेसीजले भर्खरै जेसीज सप्ताह मनाएको छ ।

