संघ \संस्था

मेचीनगर लेडी जेसीजद्धारा लागुऔषध दुव्र्यसन सम्बन्धि सचेतनामुलक कार्यक्रम

बाहुण्डाँगी । मेचीनरनगर लेडि जेसीजको जेसिज सप्ताह अन्तर्गतको पाचौं कार्यक्रम लागुऔषध दुव्र्यसन सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर ११ स्थित गो बस्तीमा आयोजित कार्यक्रममा लागु औषध दुव्र्यशनीलसहभागिलाई जानकारी गराइएको थियो ।

विशेष गरेर १५ वर्षदेखि २५ वर्षसम्मका युवाहरु लागु औषधमा फस्ने गरेको र यसलाई हरेकले घरैबाट अन्त्य गर्नका लागि हरेक अभिभावकले सहयोग गर्नु पर्ने बताइएको थियो । सहभागिलाई प्रशिक्षक सनराइज पुनर्स्थापना केन्द्रका प्रो फुर्वा योल्मोले सहजीकरण गर्नु भएको थियो ।


शाखाकी अध्यक्ष सीता पुरी गिरीको सभापतित्व तथा बाग्मती प्रदेश पूर्व प्रमुख बिष्णु प्रसाईंको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि वडा नम्बर ११ का वडा अध्यक्ष रुद्र डाँगी, धुलावारी जेसीजका पूर्व अध्यक्ष चन्द्र भट्टराई, शाखाकी पूर्व अध्यक्ष उषा श्रेष्ठलगायतले बोल्नु भएको थियो ।


कार्यक्रम संयोजक तथा कार्यकारीणी उपाध्यक्ष बबिता प्रसाईले स्वागत गर्नु भएको कार्यक्रमको आस्था पाठ उपाध्यक्ष रश्मि प्रधान तथा सञ्चालन महासचिव पवित्रा प्रसाईले गर्नु भएको थियषे । कार्यक्तममा ६३ जनाको सहभागिता रहेको थियो ।