झापा । झापाको विर्तामोड स्थित एक बोर्डिङ स्कुलमा अध्यायनरत एक जना विद्यार्थी आज विद्यालयबाट काेचिङ पढेर घर फर्कने क्रममा घर नपुगी बाटैबाट सम्पर्कविहिन भएका छन् ।
सम्पर्कविहिन हुनेमा बिर्तामोड-७ स्थित कञ्चन बोर्डिङ स्कूल कक्षा ८ मा अध्ययनरत प्रनिश शिवाकोटी रहेका विद्यालय प्रशासनले जनाएको छ ।
बिर्तामोड-७ बस्ने गंगा शिवाकोटीको नाति १५ वर्षिय प्रनिश बिहिवार (आज) ९ बजेपछि विद्यालयबाट काेचिङ सकेर घर जाने क्रममा परिवार, आफन्त साथीभाइ र विद्यालयसंग सम्पर्कविहिन भएको विद्यालयका शिक्षक बद्री बास्कोटाले जानकारी दिए ।
उनका अनुसार सिवाकोटी परिवार, आफन्त साथीभाइ तथा विद्यालयसंग सम्पर्कमा नआएपछि प्रहरीलाई जानकारी गराई सकिएको जनाए ।
गहुँगोरो वर्णका सिवाकोटीले स्कुलकाे हाउस ड्रेस (हरियाे टीसर्ट-पहेलाे बाेर्डर भएकाे, नीलाे ट्राउजर र कालाे जुत्ता) लगाएर सम्पर्कविहिन भएको हुँदा
कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा मोवाइल नम्बर ९८१७९५७११७,९८०४९५५६५७ मा सम्पर्क गरि सहयोग गरिदिन समेत आफन्तले सबैमा आग्रह गरेका छन् ।

