संघ \संस्था

धूलाबारी जूनियर जेसिजद्वारा प्रभावकारी पब्लिक स्पिकिङ्ग ट्रेनिङ्ग सम्पन्न

मेचीनगर । धूलाबारी जूनियर जेसिजले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत प्रभावकारी पब्लिक स्पिकिङ्ग ट्रेनिङ्ग सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख प्रशिक्षकको रुपमा रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष एवम् धुलाबारी जेसीज वर्ष २०१३ का अध्यक्ष अनन्त प्रकाश वस्ती रहेका थिए ।

धुलाबारी जुनियर जेसिज वर्ष २०२२ का अध्यक्ष सचेत घिमिरेको अध्यक्षता तथा कार्यकारिणी उपाध्यक्ष श्रीजित ढुङ्गाना कार्यक्रम संयोजक रहेको ट्रेनिङ्गमा हिमालय एकाडेमीका प्रअ मोहन निरौला, नेपाल जूनियर जेसिज क्षेत्र क संयोजक सुलभ भण्डारीलगायतको आतिथ्यता रहेको थियो ।

श्रीजित ढुङ्गानाले कार्यक्रम माथी प्रकाश पारेका थिए भने, ,जेसीज आस्था बाचन हिमाल राजबंशी र मिसन भिजन मन्जिल लावतीले राखेका थिए । मेचीनगर १० स्थित हिमालयन एकाडेमीको सभाहलमा सम्पन्न प्रभावकारी पब्लिक स्पिकिङ्ग ट्रेनिङ्गमा सोहि विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको धूलाबारी जूनियर जेसिजका शैलेश गौतमले बताए ।