कला

सारेगमप लिटिल च्याम्पमा सेकेण्ड रनर अप भए प्रितम

काठमाण्डौं, जेष्ठ २६ । भारतीय टेलिभिजन जी टीभीको सङ्गीतको रियालिटी शो सारेगमप लिटल च्याम्प्स २०१९ प्रतियोगितामा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् ।
फाइनलमा सुनसरीको इटहरी उपमहानगरपालिका ५ का आचार्य सेकेण्ड रनर अप भएका हुन् । अर्का नेपाली बालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ ठोकर्पाका आयुष केसी भने चौथो भएका छन् ।

गत फेब्रुअरी ९ बाट शुरु भएको साङ्गीतिक प्रतिस्पर्धामा ५ देखि १४ वर्षसम्मका बालबालिकाहरूलाई सहभागी गराइएको थियो उनीहरू डिजिटल राउन्ड, विभिन्न स्थानमा भएका अडिशन, मेगा अडिशन हुँदै फाइनल राउन्डमा पुगेका थिए ।
प्रीतम र आयुषका साथमा भारतीय बालिकाहरू अनुष्का पात्रा, सुगन्धा दाते, आस्था दास तथा भारतीय बालक महम्मद फैजले फाईनलमा प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published.