संघ \संस्था

धनकुटा लेडी जेसीजद्धारा उद्घोषण तालिम

बाहुण्डाँगी । धनकुटा लेडी जेसीजद्धारा एक दिने उद्घोषण तालिम सम्पन्न भएको छ । शाखाका पदाधिकारी तथा सदस्यहरुका लागि प्रदान गरिएको तालिममा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र निरौलाले सहभागिलाई प्रशिश्रण दिनु भएको थियो ।


शाखाकी अध्यक्ष विपना श्रेष्ठको सभापतित्व तथा निरुपित कार्यकारीणी उपाध्यक्ष समेत रहनु भएका दिपेन्द्र निरौलाको प्रमुख आतिथ्यताम सम्पन्न कार्यक्रममा नेपाल जेसीजकी पूर्व कार्यकारीणी उपाध्यक्ष रिता थापा, शाखाकी संस्थापक अधयक्ष प्रमिशा श्रेष्ठलगायतको सहभागिता रहेको थियो । यस कार्यक्रमको संयोजक धनकुटा लेडी जेसीजकी सदस्य जेसी सुस्मिता श्रेष्ठले गर्नु भएको थियो ।