बाहुण्डाँगी । नारायणगढ लेडी जेसीजको जारी जेसीज सप्ताहको तेस्रो दिन जेष्ठ नागरिकलाई प्रसाद वितरण तथा भजन किर्तन सम्पन्न भएको छ ।
हरिहर मन्दिरमा रहेका जेष्ठ नागरिकहरुलाई शाखाले प्रसाद वितरण सहित विभिन्न भजन तथा नाचगान गरिएको थियो ।

मानवताको सेवा जीवनको सर्वाेत्तम कार्य भन्ने जेसीजको मुल मर्मलाई आत्मासाथ गर्दै शाखाको तर्फबाट जेष्ठ नागरिक माझ उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

शाखाकी अध्यक्ष अनु श्रेष्ठ अधिकारीको सभापतित्व तथा शाखाकी पूर्व अध्यक्ष कृपा राजभण्डारीको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रमा शाखाकी निवर्तमान अध्यक्ष सिनेटर सम्झना प्रधान, पूर्व अधयक्ष रमा श्रेष्ठ, नारायणी समाजिक विकास समितिका पूर्व अध्यक्ष माला पिया, शाखाका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

सहकोषाध्यक्ष दिपा श्रेष्ठले संयोजकत्व गरेको कार्यक्रमको सञ्चालन महासचिव हिमा श्रेष्ठले गर्नु भएको थियो ।

