खेलकुद

बिर्तामोड गोल्डकपको उपाधि पूर्वेली युथ क्लबलाई

झापा, जेष्ठ २८ । जारी प्रथम बिर्तामोड गोल्डकप अन्तर्गत मंगलबार भएको फाईनल खेलमा पूर्वेली युथ क्लब बिर्तामोड विजयी भएको छ ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन भएको फाईनल खेलमा पूर्वेली युथ क्लब बिर्तामोडले सुनसरीको पाञ्चायन फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो । अत्यन्तै प्रतिष्पर्धात्मक भएको प्रतियोगिताको दोस्रो हाफको २२ औँ मिनेटमा पूर्वेलीका सुमिन मैनाली गोल गर्दै टिमलाई अग्रता कायम गराएका थिए । अन्तत उनले गरेको सो गोल नै टिमको जीतका लागि निर्णायक बन्यो । फाइनल खेलको म्यान अफ दी म्याच एक गोल गर्ने पूर्वेलीका मैनाली घोषित भए ।
प्रतियोगिताको उत्कृष्ट गोल किप्पर विजेता टिमका अभिषेक बराल, बेस्ट डिफेन्स पूर्वेलीका निशान्त खड्का, बेस्ट मिडफिल्ड उपविजेता पाञ्चायनका रोशन भूजेल, बेस्ट फरवाड पाञ्चायनकै तीर्थ बस्नेत र बेस्ट कोच पूर्वेलीका दिनेश चौधरी घोषित भए ।
मस्ट भ्यालुयवल खेलाडी पूर्वेलीका योगेश गुरुङ भए भने उदयीमान खेलाडीको पुरस्कार आयोजक रेड स्टार फुटबल क्लबका गोल किप्पर शौरभ गुरुङलाई प्रदान गरियो । त्यस्तै, सर्वाधिक गोलकर्ता रेड स्टारकै शक्ति राई बने ।
रेड स्टार एफसी बिर्तामोडले आयोजना गरेको गोल्डकपको विजेता पूर्वेलीले नगद १ लाख ५१ हजार १११, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्यो । उपविजेता बनेको पाञ्चायनले ७५ हजार १११ रुपैयाँमा चित्त बुझायो ।

Leave a Reply

Your email address will not be published.