संघ \संस्था

फुटसल प्रतियोगितामा बसामाडी जेसीज विजयी

बाहुण्डाँगी । हेटौंडामा रहेको बसामाडी जेसीजको जेसीज सप्ताह कार्यक्रम अन्तरगत मंगलबार अन्तर जेसीज फुटसल प्रतियोगिता भएको छ । प्रतियोगितामा आयोजक बसामाडी जेसीज विजयी भएको छ । बसामाडीले फाइनल खेलमा हेटौंडा जेसीजलाई ५ – २ गोल अन्तरले पराजित गर्दै विजयी भएको थियो ।

सविधान सभा सदस्य अनन्त पौडेलको प्रमुख अतिथ्यतामा भएको प्रतियोगितामा पाँच वटा जेसीजले सहभागिता जनाएको कार्यक्रम संयोजक ध्रुव गौतमले बताए । प्रतियोगितामा आयोजक संस्था, हेटौंडा जेसीज, बस्तिपुर जेसीज, बकैया जेसीज९प्रस्ताविक० र हरिवन जेसीज प्रस्ताविकले सहभागिता जनाएको थियो ।

विजेता टिमले कप र मेडल प्राप्त गरेका छन् । बसामाडी जेसीजका अध्यक्ष चिराग अग्रवालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा जेसीजका पदाधिकारी एंव सदस्यहरुको उपस्थिती रहेको थियो । जेसीज सप्ताह कार्यक्रम अन्तरगत भोली बुधबार हेटौंडा ७ कमानेमा रहेको आशा विद्यालयमा खाद्यान्न एंव शैक्षिक सामाग्री वितरण गरिने जनाइएको छ ।