बाहुण्डाँगी । बिराटनगर जेसिजको आयोजनामा भएको तालिम सप्ताह सम्पन्न भएको छ ।बिराटनगर महानगर पालिका मा स्थानिय तहको निर्वाचनमा निर्वाचित मेयर , उप मेयर ,वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुलाइ निर्वाचित भएकोमा बधाइ शुभकामना तथा ब्यबस्थित बैठक संचालन विधि तालिम असार ३ गते बाट सुरु भएको तालिम सप्ताह बिराटनगर जेसिजका सस्थापक अध्यक्ष राजेन्द्र बहादुर श्रेष्ठको असामाहिक निधन पश्चात् शोक सभा गर्दै केही दिनलाई रोकिएको थियो र पुनस् श्रावण ६ गते देखि विभिन्न तालिमहरु गर्दै सफलता पुर्वक सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालयसगको सहकार्य मा किशोरीहरु लाई आत्म रक्षा तालिम आदर्श मा बि मा सम्पन्न भएको थियो भने , जेसिजमा आवद्ध हुन चाहने नव आगन्तुक सदस्यका लागि तालिम बिराटनगर जेसिजको सभा हल मा सम्पन्न भएको थियो । त्यस्तै शिक्षकहरु लाई तालिम विभिन्न बिधालयका शिक्षक तथा शिक्षिकाहरुलाइ बिराटनगर जेसिजको सभाहलमा सम्पन्न भएको थियो । त्यसै गरि बिराटनगर जेसिज तथा जुनियर जेसिजका सदस्यहरुलाइ तालिम बिराटनगर जेसिजको सभाहलमा गर्दै तालिम सम्पन्न गरिएको थियो ।

तालिममा विभिन्न प्रशिक्षकहरुले तालिम प्रदान गर्नु भएको थियो जसमा बिराटनगर जेसिजका पुर्व अध्यक्ष सेवक बजगाइ , जिल्ला प्रहरी कार्यालयका प्रहरी साहयक निरिक्षक अदित राई ,तुलसी प्रसाद दुलाल , नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सुनिल तिम्ल्सिना , युवा अभियानता वसन्त अधिकारी लगायतले विभिन्न बिषयमा तालिम प्रदान गर्नु भएको थियो भने भिन्न भिन्न दिनका भिन्न भिन्न तालिम मा कार्यक्रम संयोजक समेत तोकिएको थियो र उहाँहरुले जिम्मेवारी पुर्वक आफ्नो कार्य पूरा गर्नु भएको थियो । जसमा रन्जन कुमार शाहि , शृजना थापा , प्रशान्त घिमिरे , राजन नेपाल र आर के मण्डल रहनु भएको थियो ।
तालिमको अवधिमा मह्त्व दिदै विभिन्न बिशिस्ट अतिथिहरुको उपस्थिति रहेको थियो जसमा बिराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला , उपमेयर शिल्पा निराला कार्की , , जिल्ला प्रहरी कार्यालय मोरङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोईराला नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष फुल कुमार लालवाणी , जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख टंक प्रसाद गौतम , मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल लगायतको उपस्तिथि रहेको थियो ।
तालिम सप्ताह हरेक बर्ष गरिने गरिएको र यस बर्ष भिन्न भिन्न बिधाका तालिम हरु गर्दै तालिम सप्ताह सम्पन्न गरिएको बिराटनगर जेसिजका तालिम निर्देशक प्रबेश दुलालले जानकारी दिनु भयो ।
त्यस्तै समाज सग जेसिजलाई जोड्ने अभियान स्वरुप यस बर्ष स्वर्ण बर्ष मनाइरहेको बिराटनगर जेसिजले काम गरि रहेको र आगमी दिनमा समेत अझ बढी तालिम लगायतका क्षेत्रमा ध्यान दिदै हरेक समुदायका युवाहरुलाई जेसिज प्रति आकर्षित गर्दै जिम्मेवार युवा उत्पादन गर्ने कारखानाका रुपमा जेसिजलाइ अघि बढाउने बिराटनगर जेसिजका अध्यक्ष देवचन्द्र घिमिरे ले बताउनु भयो ।

